फिक्कल गाउँपालिकाले गर्यो अचम्मको सम्मान, बाग्लुङमा कुकुर होस्टेलदेखि रास्वपाले माफि मागेसम्म
वि.सं.२०८० असार १७ आइतवार ०७:००
shares

काठमाडौं, १७ असार । तपाईहरुले राष्ट्रिय जनावर संरक्षणको लागि विभिन्न क्षेत्रलाई काडेतार बार लगाको त सुन्दै र देख्दै आउँनु भएको छ । अब बाग्लुग जिल्लामा कुकुर र बाँदर नियन्त्रण गर्न होस्टेल र बगैचा निर्माण गर्न लागिएको छ । बागलुङको बागलुङ नगरपालिकाले छाडा कुकुर नियन्त्रण गर्न कुकुर होस्टेल निर्माण गर्ने भएको छ भने बाग्लुङ कै जैमिनी नगरपालिकाले बाँदर नियन्त्रण गर्नका लागि जङ्गलमै बाँदर बगैंचा बनाउने तयारी गरेको छ । बाँदरले किसानले उब्जाएको उब्जनी नष्ट गरेपछि किसानले बाँदर नियन्त्रण गर्न माग गरेका हुन् । किसानमो पसिनालाई कदर गर्दै जङगलमा बाँदर बगैचा बनाउन लागेको नगरपालिकाले जनाएको छ ।
फिक्कल गाउँपालिकाले गर्यो अचम्मको सम्मान, उत्कृष्ट सासु बुहारीलाई नगद र प्रमाणपत्र
सिन्धुलीको फिक्कल गाउँपालिकाने एक अचम्मको कार्य सुरु गरेको छ । सुन्दा होइन होला जस्तो लागे ता पनि सत्य घटना हो । सासु–बुहारीको सम्बन्ध राम्रो साथै पारिवारिक मेलमिलाप होस् भनेर सिन्धुलीको फिक्कल पालिकाले उत्कृष्ट सासु बुहारीलाई नगद र प्रमाणपत्र सहित सम्मान गरेको छ । सासु बुहारीको सम्बन्ध राम्रो बनाउन पालिकाले यस्तो काम सुरु गरेको पालिकाले जनाएको छ ।
अमेरिकाको ग्रिन कार्ड समेत भएको बेहुलाले मण्डपमै ५० लाख दाइजो मागे
अमेरिकाको ग्रिन कार्ड समेत भएको बेहुलाले बिवाह हुँदै गर्दा बीचमै ५० लाख रुपैयाँ दाहिजो नपाए बिवाह रोक्ने धम्की दिएको खुलेको छ । बेहुलाले मण्डपमै बेहुली र उनको पक्षलाई दुर्व्यवहार समेत गरेको पाइएको छ । उक्त घटनापछि प्रहरीले वेहुलालाई बिहेको मण्डपबाटै पक्राउ गरेको छ।
पिच रोड माथि घण्टी चिन्ह, रास्वपाले माग्यो माफि
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले पिच रोड माथि घण्टी चिन्ह बनाएर प्रचार गरेको पाइउको छ । यस्तो गरेको भेटेपछि भरतपुर महानगरले सार्वजनिक सडकको आवागमनमा बाधा पुयाउने, सडक कुरूप बनाउने गरी पेन्टिङ गर्ने जस्तो कार्य कसैले पनि नगर्न भन्दै सूचना निकालेको छ । महानगरले यो सुचना मागे लगतै रास्वपाले माफि समेत मागेको कुरा अहिले बहिरिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एकजना यात्रुको बिदाई र स्वागत गर्न ३ जना मात्रै जान पाउने
तपाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्नु भएको छ ? छ भने तपाइलाई यति कुरा थाहा छ कि त्यहाँ बाहिर जाने र बाहिरबाट आउँने भन्दा स्वागत गर्न र विदाइ गर्न जाने को भिड हुन्छ । विमानस्थलको टर्मिनल भवन बाहिर अत्याधिक भीड हुन थालेपछि विमानस्थल सुरक्षा समितिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अबदेखि एकजना यात्रुको बिदाई वा स्वागतमा ३ जना मात्रै जान पाइने नियम लागू गर्ने भएको छ ।
हाल विमानस्थल परिसरमा अत्याधिक भीड हुँदा भीड व्यवस्थापनमा कठिनाई हुनुका साथै ट्राफिम व्यवस्थापन तथा चोरी नियन्त्रणमा कठिनाई भएपछि यस्तो निर्णय गरिएको विमानस्थल सुरक्षा समितिले जनाएको छ ।

















