Dhulikhel Eco Banner new

श्रीएयरलाइन्सकै जहाजमा किन देखिइरहन्छ समस्या ?

14.55K
shares

काठमाडौं, १७ असार । शनिबार काठमाडौंबाट धनगढीका लागि उडेको श्रीएयरको जहाजमा उडेको केहीबेरमा नै समस्या देखियो । पाइलटले इन्डिकेटरमा समस्या देखिएको भन्दै काठमाडौं फर्काएर अवतरण गराए । श्रीएयरको जहाजमा देखिएको समस्या यो पहिलो होइन । यसअघि पनि पटक पटक उड्दा उड्दै जहाजमा समस्इाहरु देखिएका छन् । केही समय अघि उडिरहेको जहाजको ढोका खुलेको थियो । एक्कासी आकास माथि रहेको जहाजभित्र हावा पसेपछि जहाज काठमाडौंमा आकस्मिक अवतरण भएको थियो ।

श्रीएयर नेपालमा रहेका अन्य आन्तरिक उडानका जहाजहरु भन्दा फरक क्षमता भएको जहाज हो । अरु जहाजभन्दा उचाईमा उड्ने र छिटो समेत उड्ने क्षमता श्रीएयरको जहाजमा छ । जस्तो, विराटनगरदेखि काठमाडौंसम्मको उडान अवधि बुद्ध तथा यति एयरका लागि ४५ मिनेट लाग्छ भने श्रीएयरले २५ मिनेटमै पुर्याउछ । तर, पछिल्लो समय जहाजमा देखिने गरेका यस्ता समस्याका कारण यात्रुहरु श्रीएयर रोज्न डराएका छन् ।

श्रीएयरका एक अधिकारीका अनुसार शनिबारको घटना पछि कम्पनी गम्भीर बनेको छ । जहाजमा के समस्या हो भनेर पत्ता लगाउनका लागि एयरलाइन्सले विशेष प्राविधिक नै खटाएको छ । प्राविधिक टिमले आइतबार सबै जहाजकोे अवस्थाबारे चेकजाँच गर्नेछ । यसका लागि आइतबार एक दिन श्रीएयरका सबै उडानहरु बन्द्य गरिएका छन् । जहाज ग्राउण्डेड नै गरेर यतिले जहाजमा देखिएका समस्याहरु पत्ता लगाउने, समाधान गर्ने र सोमबारदेखि नियमित उडान हुने जनाएको छ ।