Dhulikhel Eco Banner new

लिखुपिकेको लाम्जुरामा मनाङ एयरको हेलिकप्टर दुर्घटना

11.97K
shares

काठमाडौं, २६ असार । लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरामा दुर्घटना भएको छ । लिखुपिके गाउँपालिका ५ स्थित लाम्जुरामा हेलिकप्टर दुर्घटना भएको लिखुपिके गाउँपालिकाका प्रवक्ता मणी राज बस्नेतले बताए ।

उनले भने,‘लिखुपिके ५ स्थित लाम्जुरा भन्ने स्थानका हेलीकोप्टर दुर्घटना भएको छ । घटनास्थलमा आगोबलिरहेको छ,सुरक्षा निकाय उद्दारका लागि पुग्ने क्रममा छन् ।’ दुर्घटनाबारे थप जानकारी लिने प्रयास गरिरहेको बताएका उनले घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको जानकारी दिए ।

हेलिकप्टरमा क्याप्टेन सहित अन्य पाँच जना विदेशी नागरिक सवार थिए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

Follow Up

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन