मंकिपक्स भाइरस, १२ देशमा फैलिएपछि डब्लूएचओले दियो चेतावनी
वि.सं.२०७९ जेठ ८ आइतवार १६:२७
shares

काठमाडौं, ८ जेठ । विश्वमा कोरोनाको त्रास अन्त्य हुन पाएको छैन, मंकिपक्स नामको संक्रमण फैलन लागेको छ ।
विश्व स्वास्थ्य संगठनले आइतबार ट्वीट गर्दै मानिसहरुलाई सचेत रहन चेतावनी दिएको छ । डब्लूएचओले केवल १० दिन भित्र १२ देशहरुमा ९२ मंकिपक्स संक्रमण पुष्टि भएको छ जुन गैर स्थानीय हो ।
डब्लूएचओले अबका दिनमा यस प्रकारको संक्रमण बढ्ने हुँदा सावधान रहन चेतावनी दिएको छ । डब्लूएचओले आफ्ना साझेदारहरुसँग मिलेर मंकिपक्स संक्रमण फैलिरहेको विषयमा गम्भिरताका साथ काम गरिरहेको बताएको छ । हाल मंकिपक्स संक्रमणलाई रोक्ने हरसम्भव प्रयास भइरहेको छ।
मंकिपक्स संक्रमणका लक्षण के के हुन् ?
डब्लूएचओका अनुसार मंकिपक्स संक्रमणको लक्षण ६ देखि १३ दिनमा देखिने गर्दछ । यद्यपी केहि व्यक्तिहरुमा यो पाँचदेखि २१ दिनसम्म पनि हुन सक्छ ।
मंकिपक्स भएमा ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, लिम्फाडेनोप्याथी अर्थात् लिम्फ र नोड्स सुन्निने, कम्मर र मांसपेंशीहरुमा दुखाईका साथै गम्भिर कमजोरीको अनुभव हुन सक्दछ । लिम्फ र नोड्स सुन्निने समस्यालाई सामान्य लक्षण मानिन्छ । यस बाहेक संक्रमितको अनुहारमा र हाथ खुट्टामा ठूला ठूला आकारका दानाहरु पनि हुने गर्दछ । केहि गम्भिर संक्रमितहरुमा यस्ता ठेलाहरुले आँखाको कोर्नियामा पनि असर पर्न सक्छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार मंकिपक्सबाट मृत्यु ११ प्रतिशतसम्म हुन सक्छ । यो संक्रमणबाट बालबालिकाहरुमा मृत्युको खतरा धेरै रहेको छ ।
मंकिपक्स संक्रमण कसरी सर्छ ?
स्वास्थ्य विशेषज्ञहरुका अनुसार मंकिपक्स नामक भाइरसका कारण यो संक्रमण हुने गर्दछ । यो भाइरस अर्थोपक्स भाइरस समूहसँग सम्बन्धित रहेको छ । यस समुहका अन्य सदस्य मानिसमा बिफर र काउपक्स जस्ता संक्रमणको कारण बन्दछ । डब्लूएचओका अनुसार मंकिपक्स एक व्यक्तिदेखि अर्को व्यक्तिमा संक्रमण सर्ने निकै कम हुने गर्छ । संक्रमित व्यक्तिले हाच्छ्यू गर्दा वा खोक्दा निक्लने वाछिटाहरु संक्रमितको छालाको घाउ वा संक्रमितको निक सम्पर्कमा आउँदा अन्य मानिसमा संक्रमण सर्न सक्दछ ।
डब्लूएचओले हालसम्म संकलन गरेको तथ्यांक अनुसार ती मानिसहरुमा सबैभन्दा धेरै खतरा हुन्छ जसले मंकिपक्सबाट संक्रमित भएका व्यक्तिहरुसँग शारिरिक सम्बन्ध बनाएको हुन्छ । यसैगरी, अहिलेसम्म स्थानीय क्षेत्रकालागि संक्रमणको कुनै प्रमाण छैन । रिपोर्टका अनुसार समलैंगिक सम्बन्ध भएका मानिसहरुमा पनि यो संक्रमण पुष्टि भएको छैन ।

















