GBIME

एनएमबि बैंक लुट्ने गिरोहका एक जना पक्राउ

4.33K
shares

काठमाडौं, ११ साउन । एनएमबि बैंकको महोत्तरी शाखाका लुटेरा पक्राउ परेका छन् । प्रहरीले गत १६ जेठमा भएको बैंक लुटपाटमा संलग्न एक जनालाई बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहारका अजय कुमार रहेका छन् । उनलाई बुधबार महोत्तरीबाट पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार ५ जना लुटेरामध्ये ३ जना भारतीय नागरिक रहेका छन् ।

अन्य चार जना पहिचान भएपनि पक्राउ नगरेको कारण नै नाम सार्वजनिक नगरेको डिएसपी गिरीले बताए । दिन दहाडै हात हतियार देखाएर कर्मचारीलाई धम्काउँदै पैसा लुटेको थिए । लुटेराहरुले बैंकबाट १५ लाख १ हजार ४९३ रुपैयाँ लुटेका थिए ।

Follow Up

प्रहरीले पत्ता लगायो एनएमबि बैंक लुटेरा, पक्राउ गर्न भने समस्या

प्रहरीले पत्ता लगायो एनएमबि बैंक लुटेरा, पक्राउ गर्न भने समस्या