बढ्यो पाउण्ड र युरोको विनिमय दर, कुन देशको विनिमय दर कति ?
वि.सं.२०८० साउन ११ बिहीवार १०:३४
shares

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज युरो र पाउण्ड दुबैको विनिमय दर हिजोको तुलनामा बढेर आएको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८९ पैसा र्निधारण गरेको छ ।
हिजो पाउण्ड एक डलरको खरिद दर १६७ रुपैयाँ तोकेको थियो । आज दुई रुपैयाँ बढीले पाउण्डको भाउ बढेको छ । आज युरो पनि झन्डै दुई रुपैयाँले बढेर आएको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९० पैसा र बिक्री दर १३१ रुपैयाँ ५० पैसा रहेको छ ।
युरो एकको खरिद दर १४५ रुपैयाँ ०६ पैसा र बिक्री दर १४५ रुपैयाँ ७३ पैसा र कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।














