Dhulikhel Eco Banner new

अमेरिकी डलरको मूल्य स्थिर, कुन देशको विनिमय दर कति ?

4.58K
shares

काठमाडौं, १४ साउन । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनि गरेको छ । जसअनुसार आज, अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । स्थिर रहेको अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ०८ पैसा र बिक्री दर १४४ रुपैयाँ ७४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २९ पैसा र बिक्री दर १६९ रुपैयाँ ०६ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । क्यानाडियन डरल एकको खरिद दर ९९ रुपैयाँ २६ पैसा रहेको छ भने विक्रि दर ९९ रुपैयाँ ७२ पैसा रहेको छ ।