नेशनल हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
वि.सं.२०८० साउन १८ बिहीवार १०:२६
shares

काठमाडौं, १८ साउन । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले असार २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता शेयर निष्काशन गरेको हो।
कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार ९४३ रुपैयाँ ५५ पैसा रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार ९१५ रुपैयाँ ३३ पैसा लक्ष्य कम्पनीको छ ।














