Dhulikhel Eco Banner new

बीमा कम्पनी नै मर्जर भाड्दै– जीआईसीले हकप्रद दिने, बीमा समिति लाचार

12.55K
shares

काठमाडौं, ९ जेठ । जनरल इन्स्यारेन्स कम्पनीले बीमा समितिको नीतिलाई नै ठाडो चुनौती दिदै हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीको जेठ ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो ।

बीमा क्षेत्रको नियामक निकाय समितिले पुँजी वृद्धिको नीति लिएको छ । निर्जीवन बीमा कम्पनीहरुका लागि साढे २ अर्ब र जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकिएको छ । तोकिएको पुँजी पुर्याउनका लागि बीमा समितिले मर्जरलाई प्राथमिकतामा राख्न भनेको छ ।

हाल जनरल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब रुपैयाँ छ । ३० प्रतिशत हकप्रदपछि इन्स्योरेन्सको पूँजी एक अर्ब ३० करोड रुपैयाँ नघाउने कम्पनीको रणनीति छ । बीमा समितिको नीति विपरित मर्जरलाई नै भाड्ने गरी जनरल इन्स्योरेन्स कम्पनीले यस्तो निर्णय गरेको हो । यस अघि रिलायवल लाइफ इन्स्यारेन्सले समेत हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको थियो ।

उता नियामक निकाय बीमा समिति भने लाचार जस्तै देखिएको छ । आफैले नियमन गर्ने संस्थाहरुले आफ्नै नीतिमाथि खुलेआम प्रहार गर्दा समेत बीमा समितिले कुनै एक्सन लिन सकेको छैन ।