Dhulikhel Eco Banner new

महिला आदर्श सेवा केन्द्रले प्रयोग गर्दै आएको जग्गा कामनपा १० वडालाई हस्तान्तरण

4.62K
shares

काठमाडौं, १९ साउन । महिला आदर्श सेवा केन्द्रले प्रयोग गर्दै आएको जग्गा काठमाडौं महानगरपालिका वडा नम्बर १० लाई हस्तान्तरण गरेको छ । शुक्रवार केन्द्रले पत्रकार सम्मेलन गरी विगत चालिस वर्ष देखि तत्कालीन वडाकै प्रस्ताव अनुसार प्राप्त गरी प्रयोग गर्दै आएको जग्गा वर्तमान सञ्चालक समितिको निर्णय अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १० लाई नै फिर्ता गरेको जानकारी दिएको हो ।

चारदशक अघि जननिर्वाचित निकाय वडा नम्बर १० को सत्प्रयाशबाट प्राप्त भएको जग्गा वर्तमान जननिर्वाचित निकायकै वडा नम्बर १० लाई नै फिर्ता गर्न पाउँदा आफूहरुलाई निकै गौरव महसुस भैरहेको सेवा केन्द्र बताएको छ ।

उक्त जग्गा वडाध्यक्ष रामकुमार केसीले र वडा कार्यसमिति परिवारले जिम्मामा लिएको बताइएको छ ।

सेवा केन्द्रले पारिवारिक नाता सम्बन्धमात्र रहेका अन्य प्रतिष्ठित संस्थाहरुमा जोडेर सेवा गरिरहेको व्यक्तिहरुलाई जबरजस्ती नाम जोडेर अपमान गर्ने आक्षेप लगाउने काम सञ्चारमाध्यम बाट भएकोमा आपक्ति जनाएको छ । कुनै पनि समाचार प्रसार गर्नु अघि सम्बन्धित व्यक्ति र संथासँग सम्पर्क गरेर मात्र प्रसारण गर्न सेवा केन्द्रले सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।