सुपर लघुवित्त प्रकरण टुंगोमा : राष्ट्र बैंकबाट नियुक्त व्यवस्थापन समितिले सुरु गर्यो काम
वि.सं.२०८० भदौ १९ मंगलवार १०:५८
shares

काठमाडौं, १९ भदौ । करोडौ घोटाला प्रकरणमा मुछिएको सुपर लघुवित्त वित्तीय संस्था अन्ततः टुंगोमा पुगेको छ । सुपर लघुवित्तमा भएको अनियमितता प्रकरणबारे केटिएम भ्वाइसले निरन्तर फलोअप गरेको थियो ।
संस्थामा भएको अनियमितता पुष्टि भएपछि संस्थाका तत्कालिन अध्यक्ष तथा उच्च व्यवस्थापकहरुविरुद्ध बैंकिङ कसुरमा मुद्धा चलाइएको थियो भने संस्थालाई समस्याग्रस्त घोषणा गरिएको थियो । समस्याग्रस्त घोषणा पछि व्यवस्थापनको जिम्मा नै राष्ट्र बैंकले लिएको थियो ।
खुला प्रतिष्पर्धाबाट राष्ट्र बैंकले व्यवस्थापन संयोजक र सदस्यहरु नियुक्त गरेको थियो । उक्त समितिले काम सुरु गरेसँगै सुपर लघुवित्त प्रकरण टुंगोमा पुगेको हो । केन्द्रीय बैंकले दीपक पोख्रेल, रेवतीराज पौडेल र निरजकुमार दाहाललाई व्यवस्थापनको जिम्मा दिएको छ । भदौ १७ गतेदेखि लागू हुने गरी राष्ट्र बैंकले बाह्य क्षेत्रबाट संयोजकमा निर्मलकुमार कार्की र सदस्यमा शेषनारायण पोखरेललाई नियुक्त गरेको थियो ।
व्यवस्थापन समूहका संयोजक पोखरेलले राष्ट्र बैंकले नियुक्त गरेका अधिकारीले काम सुरु गरेको जानकारी दिए । यसले कर्मचारी, बचतकर्ता तथा ऋणी सदस्यहरुमा संस्था सुधारमा जाने आशा पलाएको उनले बताए । संस्थाका सबै बैंक खाताहरु व्यवस्थापन समूहको नियन्त्रणमा लिई हस्ताक्षर समेत परिवर्तन भइसकेको छ ।
















