GBIME

सुपर लघुवित्त ठगी प्रकरण : थप कर्मचारी पक्राउ, अध्यक्ष भने अझैं फरार

4.4K
shares

काठमाडौं, ९ साउन । दाङमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त वित्तीय संस्थामा भएको अनियमितको विषयमा प्रहरीले थप एक जनालाई प्रक्राउ गरेको छ । संस्थाका कर्मचारी जिल्लाको तुलसीपुर उप–महानगरपालिका वडा नम्बर २ का कुसुम चौधरीलाई प्रहरीले प्रक्राउ गरेको हो ।

संस्थामा अनियमितता भएको भन्दै प्रहरीले यस अघि नै कायम मुकायम सिईओ बुद्धिराम चौधरी सहित तीन जनालाई प्रक्राउ गरेको थियो । उनीहरु अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । सोही अनियमितामा संलग्न रहेको आरोपमा कुसुम चौधरीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सुपर लघुवित्तमा २३ करोड रुपैयाँ अनियमिता भएको भन्दै प्रहरीले यसमा संलग्नहरुको खोजिकार्य भइरहेको जनाएको छ ।

सुपर लघुवित्तमा भएको अनियमितामा संलग्न कर्मचारीहरु पक्राउ परेको भए पनि मुख्य व्यक्ति संस्थाका अध्यक्ष किरण चौधरी भने अझै फरार रहेका छन् । जेठ २६ गते प्रक्राउ परेका कायम मुकायम सीईओ बुद्धिराम चौधरी सहितका तीन जान विरुद्ध प्रहरीले पटक पटक समय थप गरेर अनुसन्धान गरिरहेको छ । प्रक्राउ परेको चार जान सहित ३५ जना यो घटनामा संलग्नता रहेको प्रहरीको भनाइ छ ।

समाचार लेखेको विषयमा केही समय अघि अध्यक्ष किरण बुवा ज्योति चौधरीले सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा केटिएम भ्वाइसलाई म्यासेज लेखेर धम्काएका थिए । तर उनीसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा भने आउन चाहेनन् । उनले अपशब्द लेखे पछि निरन्तर सम्पर्कमा ल्याउन प्रयास गरे पनि उनी सम्पर्कमा आउन नचाहेका हुन् ।

लघुवित्तको अध्यक्ष उनको छोरा किरण भए पनि सञ्चालनमा भने उनको भुमिका बढी रहेको थियो । उनीले नक्कली ऋणी खडा गरेर रकम दिनका लागि कर्मचारीलाई दबाब समेत दिने गरेका थिए ।
प्रहरीले फरारको सूचीमा राखेका किरण चौधरी काठमाडौंको बानेश्वर क्षेत्रमा बस्दै आएका छन् ।

उनी संलग्न एक आईटी कम्पनीमा उनी दैनिक जसो पुग्ने गरेका छन् । तर प्रहरीले भने पक्राउ गर्न सकेको छैन । उनी राजनीतिक पँहुचका आधारमा प्रक्राउ नपरेका हुन् । घुवित्त डुब्दा केही बैंक पनि डुब्ने अवस्था देखिन्छ । यो लघुवित्तमा प्रभु बैंकको २५ करोड रुपैयाँ लगानी रहेको छ ।

Follow Up

सुपर ठगी प्रकरण : अध्यक्षका बुबाको धम्की

सुपर ठगी प्रकरण : अध्यक्षका बुबाको धम्की

सुपर ‘ठगी प्रकरण’ : अध्यक्ष फरार, सोझा कर्मचारी प्रहरी फन्दामा

सुपर ‘ठगी प्रकरण’ : अध्यक्ष फरार, सोझा कर्मचारी प्रहरी फन्दामा

सुपर ठगी प्रकरण : मुद्दा प्रक्रिया कहाँ पुग्यो ?

सुपर ठगी प्रकरण : मुद्दा प्रक्रिया कहाँ पुग्यो ?

सुपर लघुवित्त घोटालाको नालीवेली : यसरी भएको थियो सुरुवाती घोटाला

सुपर लघुवित्त घोटालाको नालीवेली : यसरी भएको थियो सुरुवाती घोटाला

सुपर लघुवित्तका अध्यक्षसहित १० जना तिर सोझियो अनुसन्धान

सुपर लघुवित्तका अध्यक्षसहित १० जना तिर सोझियो अनुसन्धान

सुपर लघुवित्त ठगी प्रकरण : पहुँचका आधारमा अध्यक्षलाई जोगाउने प्रयास !

सुपर लघुवित्त ठगी प्रकरण : पहुँचका आधारमा अध्यक्षलाई जोगाउने प्रयास !