GBIME

सुपर लघुवित्त ठगी प्रकरण : पहुँचका आधारमा अध्यक्षलाई जोगाउने प्रयास !

5.57K
shares

काठमाडौं, ६ असार । सुपर लघुवित्त वित्तीय संस्थाको ठगी प्रकरणमा संलग्नहरु पहुँचका आधारमा जोगाउन खोजिएको छ । नेपाल राष्ट्र बैंकले २३ करोड रुपैयाँ भन्दा धेरै ठगी भएको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरेको थियो । राष्ट्र बैंकको अनुरोध पछि तीन कर्मचारीहरु पक्राउ परेका छन् । तर ठगीका मूख्य योजनाकार अध्यक्ष किरण चौधरी र उनका बुवा ज्योति चौधरी भने फरार छन् ।

दाङ प्रहरीले अध्यक्ष चौधरीलाई खोजिरहेको बताएको छ । तर उनलाई पक्राउ भने गरिएको छैन । चौधरी निकट श्रोतका अनुसार किरण अहिले काठमाडौंको बानेश्वर क्षेत्रमा बस्दै आएका छन् । उनी संलग्न एक आईटी कम्पनीमा उनी दैनिक जसो पुग्ने गरेका छन् । तर प्रहरीले भने पक्राउ गर्न सकेको छैन ।

कामू सीईओको घटनामा संलग्नता भए पनि पक्राउ परेका अन्य २ जना शाखा कार्यालयमा कार्यरत तल्लो तहका कर्मचारी हुन् । ‘मूख्य दोषिलाई पक्राउ गरिएको छैन, बोरु सोझा कर्मचारीहरुलाई फसाउन खोजिएको छ’ संस्थाका एक कर्मचारी भन्छन, ‘पावर र पहुँचका आधारमा दोषिलाई उम्काउन खोजिदैछ ।’

यद्यपि, दाङका प्रहरी प्रमुख, एसपी सुरेश काफ्ले दोषि कोहि उम्कन नपाउने बताएका छन् । तीन जनालाई उच्च अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको र अन्य दोषिहरु पनि पक्राउ पर्ने उनले बताए ।

उता नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेल भने यस विषयमा आफूले बोल्न नमिल्ने बताउछन् । आफू सहायक प्रवक्ता भए पनि यो घटनको अनुसन्धान गर्ने विभगा अर्कैै भएकाले बोल्न नमिल्ने उनले बताए । यद्यपि, अनुसन्धान भने भइरहेको उनले पुष्टि गरेका छन् ।

यो घटनासँगै सुपर लघुवित्त लगभग डुब्ने पक्कापक्की जस्तै छ । संस्था आफू डुब्दा केही बैंकहरुको करोडौं रकम समेत डुबाउने देखिएको छ । यस संस्थामा सबैभन्दा धेरै लगानी प्रभु बैंकले २५ करोड रुपैयाँ भन्दा बढी गरेको छ ।

संस्थामा ठूलो घोटाला भएर कार्यकारी प्रमुख नै प्रहरी हिरासतमा पुग्दा समेत प्रभु बैंकले भने यस विषयमा वास्ता गरेको छैन । प्रभु बैंकका डेपुटी सीईओ मनिराम पोखरेल डुब्ने विषयमा आफूलाई केही जानकारी नभएको बताउछन् । संस्थाको खराब खवस्थाबारे समेत आफूलाई जानकारी नभएको बताएका उनले आफ्नो बैंकको रकम भने नडुब्ने दावी गरे ।

यो लघुवित्तमा २६ जना शेयर सदस्य रहेको र त्यसमध्ये ५ जना बाहेक सबै एउटै परिवारका सदस्य रहेको बताइएको छ । प्रहरीले लघुवित्तका कामु सीईओ वुद्धिराम चौधरी सहिति तीन जनालाई अनुसन्धान गर्नका लागि उच्च अदालत तुलसीपुरबाट म्याद थप गरेको छ । पहिलो पटक थप गरिएको समय अपुग भएको भन्दै प्रहरीले गत बिहीबार ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । उनीहरुलाई उच्च अदालत तुल्सीपुरबाट दोस्रोपटक समय थप गरिएको हो ।

प्रक्राउ परेका कामु सीईओ चौधरी संस्थाको कर्जा प्रमुख समेत रहेका थिए ।यस विषयमा संस्थाको रकम अनियमितामा संलग्न रहेकाहरुको तीन पुस्ते विवरण उपलब्ध गराइदिनका लागि समेत प्रहरीले लघुवित्तलाई आग्रह गर्दै पत्र लेखिसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । साथै राष्ट्र बैंकसँग कति अनियमिता भएको भन्ने विषयमा जानकारी माग गरिएको प्रहरी प्रमुख काफ्लेले बताए ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट पनि आफूलाई जानकारी नभएको बताउछन् । राष्ट्र बैंकले अनियमिताको विषयमा स्थलगत निरीक्षण समेत गरेको विषयमा सूचना दिने जिम्मेवारी पाएका व्यक्तिहरुले नै जानकारी छैन भन्नु थप शंकाको घेरामा रहेको छ ।

राष्ट्र बैंकको स्थलगत निरीक्षमा गएको टोलीका एक सदस्यले दिएको जानकारी अनुसार त्यो टोलीले राष्ट्र बैंकलाई अनियमिता भएको विषयमा प्रतिवेदन समेत पेश गरिएको छ । उनका अनुसार यो लघुवित्तमा अमियमिता भएको हो । तर राष्ट्र बैंकका प्रवक्ताले नै यस विषयमा जानकारी छैन भन्नु थप शंकास्पत देखिएको छ ।

संस्थाका अध्यक्ष चौधरीले लघुवित्तको पैसा नक्कली ऋणी खडा गरेर आफैले प्रयोग गर्ने गरेको र उनले राजनीतिक पहुँचका आधारमा यस्तो गरिरहेको राष्ट्र बैंककै प्रारम्भिक अनुसन्धानले पुष्टि गरिसकेको छ ।

संस्थामा करिब ६ महिना अघिदेखि अनियमिताको विषय सार्वजनिक भएको थियो । यो संस्था २०७६ सालमा स्थापना भएको संस्था हो । नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशमा कार्यक्षेत्र तोकेर लाइसन्स दिएको थियो ।

 

Follow Up

सुपर लघुवित्त घोटालाको नालीवेली : यसरी भएको थियो सुरुवाती घोटाला

सुपर लघुवित्त घोटालाको नालीवेली : यसरी भएको थियो सुरुवाती घोटाला

सुपर लघुवित्तका सञ्चालक र कर्मचारीकाे तीन पुस्ते खाेज्दै प्रहरी

सुपर लघुवित्तका सञ्चालक र कर्मचारीकाे तीन पुस्ते खाेज्दै प्रहरी

सुपर लघुवित्तमा २३ करोड अनियमितता, कामु सीईओसहित ३ कर्मचारी पक्राउ

सुपर लघुवित्तमा २३ करोड अनियमितता, कामु सीईओसहित ३ कर्मचारी पक्राउ

सुपर ‘ठगी प्रकरण’ : अध्यक्ष फरार, सोझा कर्मचारी प्रहरी फन्दामा

सुपर ‘ठगी प्रकरण’ : अध्यक्ष फरार, सोझा कर्मचारी प्रहरी फन्दामा

सुपर लघुवित्तका अध्यक्षसहित १० जना तिर सोझियो अनुसन्धान

सुपर लघुवित्तका अध्यक्षसहित १० जना तिर सोझियो अनुसन्धान

सुपर लघुवित्त ठगी प्रकरण : पहुँचका आधारमा अध्यक्षलाई जोगाउने प्रयास !

सुपर लघुवित्त ठगी प्रकरण : पहुँचका आधारमा अध्यक्षलाई जोगाउने प्रयास !

सुपर लघुवित्तका कामु सीईओलाई १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

सुपर लघुवित्तका कामु सीईओलाई १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्र बैंकको निर्देशन कुल्चिदै कांग्रेस नेता दहित, मन्त्री भइसकेको व्यक्ति लघुवित्तको कार्यकारी सञ्चालक

राष्ट्र बैंकको निर्देशन कुल्चिदै कांग्रेस नेता दहित, मन्त्री भइसकेको व्यक्ति लघुवित्तको कार्यकारी सञ्चालक