Dhulikhel Eco Banner new

‘ज्यानै जाओस्, माग पुरा नभएसम्म अनसन तोड्दिन’

6.1K
shares

काठमाडौं, ६ असार । पुँजी बजार सुधार र विकासका लागि आमरण अनसनमा बसेका तिलक कोइरालाले माग पुरा नभएसम्म अनसन नतोड्ने बताउका छन् । सोमबार अनसनस्थलमा पुगेका एमाले र राप्रपाका नेताहरुसँग उनले यस्तो बताएका हुन् ।

अनसनमा एैक्येबद्धता जनाउनका लागि अनसनस्थलमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पुगेका थिए । अनसनरत कोइरालाले अहिले राखिएका मागहरु लगानीकर्ताको यस अघि सरकारले पुरा गर्छु भनेको मागहरु रहेकाले अहिले ति माग पुरा नभएसम्मका लागि अनसन नतोड्ने आमरण अनसनरत तिलक कोइरालाले बताएका छन् ।

‘माग पुरा नभएसम्म अनसन तोड्दिन, बरु ज्यानै जाओस्,’ कोइरालाले भने । सरकारले समयमै काम नगरेका कारण अहिलेको अवस्था भएको भन्दै समाधानका लागि सरकार जबाफदेहि हुनु पर्ने उनको भनाइ छ । सरकारले सुधारका काम नगर्ने तथा बजारलाई प्रभाव पार्ने किसिमबाट नीतिहरु आउँदा अहिलेको जटिल अवस्थाको सिर्जना हुन पगेको भन्दै यसमा सरकार गम्भीर हुनु पर्ने कोइरालाले बताए ।

एमालेको सरकारकै पालामा यो समस्या आएकाले एमालले समस्या समाधानका लागि पहल गर्नु पर्ने तर्फ कोइरालाले आग्रह गरेका थिए । कम्युनिष्टहरु पुँजी बजारको नामै सुन्न नचाहने भएकाले पनि समस्या आएको भन्दै कम्युनिष्टहरु यस पति अली सम्बेदनशील हुनु पर्ने कोइरालाको माग छ ।
अनसनस्थलमा पुगेको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराइले पार्टीका नेताहरुसँग यस विषयमा कुराकानी गर्ने बताएका हुन् ।

यसका साथै राष्ट्र बैंकमा पनि पार्टीको तर्फबाट सुझाब पेश गर्ने उनको भनाइ छ । ‘अहिले एमाले सरकारमा त छैन तर जिम्मेवार राजनीति दल भएका कारण यस विषयमा संसदमा आवाज उठाउँछौँ,’ प्रमुख सचेतक भट्टराईले भने ।

एमालेको सरकार हुँदा शेयर बजार राम्रो अवस्थामा रहेको बताएका भट्टराईले अहिले संसदमा शेयर बजारभन्दा पनि बजेट निर्माणका क्रममा भएका कमजोरीका विषयमा बढी केन्द्रित रहेको पनि बताए ।

त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि यस विषयमा आफूहरुको प्रतिबद्धता रहेको र माग पुरा गर्नु पर्ने धारणा व्यक्ति गरे । पुँजी बजारको समस्या समाधान भन्ने कुरा योसँग सम्बन्धित व्यक्तिको मात्रै नभएर समग्र देशको अर्थतन्त्रकै विषय भएकाले सरकार जिम्मेवार हुनु पर्ने लिङ्देनले बताए । शेयर बजारको समस्याले सामान्य जनतालाई समेत पर्ने भएकाले यसका लागि सरकारले समय मै ध्यान दिनु पर्ने बताए ।

‘एक जना लगानीकर्ता, नेपाली नागरिक ६ दिनदेखि अनसनमा रहनु तर सरकारले कुनै पनि चासो नदिनु, यतिसम्म की छलफलको लागि पहल समेत नगर्नु दुःखत कुरा हो, यसमा राप्रपा खेद व्यक्त गर्दछ र सरकारको गम्भिर ध्यानाकर्षण गर्छ,’ उनले भने ।

Follow Up

‘आमरण अनसन अन्तिम अस्त्र हो, माग पुरा नभएसम्म पछि हट्दैनौँ’

‘आमरण अनसन अन्तिम अस्त्र हो, माग पुरा नभएसम्म पछि हट्दैनौँ’

अनसनरत कोइरालाको स्वास्थ्य अवस्था कमजोर बन्दै

अनसनरत कोइरालाको स्वास्थ्य अवस्था कमजोर बन्दै

राष्ट्र बैंकका कारण शेयर बजार घट्यो : एमाले नेता भट्टराई

राष्ट्र बैंकका कारण शेयर बजार घट्यो : एमाले नेता भट्टराई