Dhulikhel Eco Banner new

सुपर लघुवित्तका सञ्चालक र कर्मचारीकाे तीन पुस्ते खाेज्दै प्रहरी

12.83K
shares

काठमाडौं, ३१ जेठ । दाङमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्तमा अनियमिततामा संलग्न भएको आरोप लागेकाहरुको तीन पुस्ते उपलब्ध गराइ प्रहरीले अनुरोध गरेको छ । इलाका प्रहरी कार्यालय दाङले सुपर लघुवित्तलाई पत्र लेखेर संस्थाको रकम हिनामिनामा संलग्न रहेको आरोप लागेकाहरुको तीन पुस्ते उपलब्ध गराई दिन भनेको हो ।

प्रहरीले लेखेको पत्रमा नेपाल राष्ट्र बैंक लघवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक तुला कुमार अधिकारीको जाहेरीका आधारमा संस्थाका अध्यक्ष किरण चौधरी सहितको तीन पुस्ते उपलब्ध गराइदिन भनिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट समन्वय गरिदिन भनेर इलाका प्रहरी कार्यालयलाई पत्र प्राप्त भए अनुसार उनीहरुको विस्तृत विरण उपलब्ध गराइदिनका लागि ईलाका प्रहरी कार्यालयले अनुरोध गरेको हो ।

प्रहरीले सुपर लघुबित्त वित्तिय संस्थाको संचालक समिति अध्यक्ष किरण चौधरी सदस्यहरु नरेन्द्र बहादुर चन्द, राम प्रसाद चौधरी, प्रदेश चौधरी र तारा चौधरीको तीन पुस्ते उपलब्ध गराउन भनेको छ ।

इलाका प्रहरी कार्यालय तुलसिपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्मालेले लेखेको पत्रमा संस्थाको केन्द्रीय कार्याल तुलसीपुर दाङमा कार्यरत कर्मचारीहरु नायव प्रमुख कार्यकारी अधिकृत तथा कर्जा समिति संयोजक बुद्धीराम चौधरी र संस्थाको कर्जा समितिमा रहेका कर्मचारीहरुको पनि तीन पुस्ते विवरण उपलब्ध गराउन भनिएको छ ।

सुपर लघुवित्तमा २३ करोड अनियमितता, कामु सीईओसहित ३ कर्मचारी पक्राउ

Follow Up