Dhulikhel Eco Banner new

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

1.07K
shares

काठमाडौं, २३ वैशाख । नेपाल विद्युत् प्राधिकरण को निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायु कुमार श्रेष्ठ लाई दिइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई उक्त जिम्मेवारी प्रदान गरेका हुन्।

श्रेष्ठ प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशकका रूपमा कार्यरत छन्।

यसअघि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लाई पदबाट हटाइएपछि अर्को व्यवस्था नभएसम्मका लागि श्रेष्ठलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।