Dhulikhel Eco Banner new

सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट र अग्रवाल १२ दिन थप हिरासतमा राख्न अनुमति

546
shares

काठमाडौं, २३ वैशाख । विशेष अदालतले व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका उनीहरूलाई बुधबार न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले म्याद थपको अनुमति दिएको हो।

अदालतका अनुसार अग्रवालको हकमा छैटौँपटक र भट्टको हकमा पाँचौँपटक म्याद थप गरिएको हो। अग्रवाल शंकर समूहका सञ्चालक हुन्।

यसअघि सम्पत्ति शुद्धीकरण विभाग ले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सँगको समन्वयमा व्यवसायी भट्टलाई चैत १९ गते काठमाडौँबाट पक्राउ गरेको थियो। त्यसपछि चैत २२ गते अग्रवाललाई पनि नियन्त्रणमा लिइएको थियो।

हाल दुवै जनामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ।