सामान्य अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार रकम
वि.सं.२०८३ वैशाख २३ बुधवार १५:१०
shares

काठमाडौं, २३ वैशाख । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार १.६४ अंकले घटेर २,७११ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब १९ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.७४ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी भगवती हाइड्रोपावरकाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.९० प्रतिशतका दरले गुमाएका छन् ।
















