Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

650
shares

काठमाडौं, २३ वैशाख । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार १.६४ अंकले घटेर २,७११ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब १९ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.७४ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन अपर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ताले ५.९५ प्रतिशतका दरले कमाएका छन् भने एनआइसी एशिया ग्रोथ फन्डका लगानीकर्ताले ५.१६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्डका लगानीकर्ताले ४.६७ प्रतिशतका दरले कमाएका छन् भने सिद्धार्थ इन्भेष्टमेन्ट स्किमका लगानीकर्ताले ४.६१ प्रतिशतका दरले कमाएका छन् ।