शेयर बजारमा १४९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ वैशाख २३ बुधवार १५:१७
shares

काठमाडौं, २३ वैशाख । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार १.६४ अंकले घटेर २,७११ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब १९ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा भगवती हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.९० प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन नारायणी विकास बैंकका लगानीकर्ताले ७.२७ प्रतिशतका दरले गुमाएका छन् भने एनआइसी एशिया ब्यालेन्स फन्डका लगानीकर्ताले ४.२१ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी मोदी इनर्जीका लगानीकर्ताले ४.१८ प्रतिशतका दरले गुमाएका छन् भने शिखर पावरका लगानीकर्ताले ३.८९ प्रतिशतका दरले गुमाएका छन् ।
















