Dhulikhel Eco Banner new

रिलायन्स फाइनान्सका ग्राहकलाई ट्रान्क्विलिटी स्पामा छुट 

2.54K
shares
काठमाडौं, १७ वैशाख । रिलायन्स फाइनान्स र ट्रान्क्विलिटी स्पा बिच सम्झौतापत्रमा हस्ताक्षर भएकोछ । सम्झौताअनुसार ट्रान्क्विलिटी स्पाले फाईनान्सका ग्राहक तथा कर्मचारीहरुलाई अधिकतम् २५ प्रतिशत सम्मको तथा अन्य विभिन्न सेवाहरुमा १५ देखी २० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
फाइनान्सको कमलादी स्थित प्रधान कार्यालयमा भएको सम्झौता अनुसार ट्रान्क्विलिटीस्पाले प्रदान गर्ने छुट रिलायन्सका ग्राहक तथा कर्मचारीहरुले व्यक्तिगत स्पा तथा सौन्र्दय सेवा अन्र्तगत प्राप्त गर्ने भएका छन् ।
काठमाडौंको विभिन्न होटेलहरुबाट समेत आफ्नो सेवा प्रदान गर्दे आएको ट्रान्क्विलिटी स्पाले रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ एप तथा एटिएम कार्ड मार्फत भुक्तानी गर्दाे यस्ता छुटहरु उपलब्ध गराउनेछ ।
देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि पनि विभिन्न संस्थाहरु संग सहकार्य गर्दै ग्राहकहरुलाई यस्ता छुट सुुविधा प्रदान गर्दै आईरहेको छ ।