Dhulikhel Eco Banner new

एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद शेयर निष्काशनको राष्ट्र बैंकबाट पूर्वस्वीकृति

858
shares

काठमाडौं, २१ वैशाख । एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति प्राप्त गरेको छ। बैंकले हाल कायम २ कित्ता बराबर १ कित्ता (२ः१ अनुपात) मा हकप्रद शेयर जारी गर्ने अनुमति पाएको हो।

राष्ट्र बैंकले वैशाख १७ गते पत्रमार्फत उक्त स्वीकृति प्रदान गरेको बैंकले जनाएको छ। यसअघि बैंकको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।

अब बैंकले जेठ १८ गते आह्वान गरिएको २८औँ वार्षिक साधारण सभामा हकप्रद निष्काशनसम्बन्धी विशेष प्रस्ताव पेश गर्नेछ। साधारण सभाबाट पारित भएपछि र नेपाल धितोपत्र बोर्ड बाट अन्तिम स्वीकृति प्राप्त भएपछि मात्र निष्काशन प्रक्रिया अघि बढ्नेछ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ। प्रस्तावित ५० प्रतिशत हकप्रदमार्फत बैंकले ७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको थप पुँजी जुटाउने लक्ष्य राखेको छ।