Dhulikhel Eco Banner new

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा

819
shares

काठमाडौं, २१ वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ।

अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार हेटौंडाको सानोपोखरामा रहेको बानियाँ निर्माण सेवा (बीएनएस)कार्यालय तथा त्यहीँ रहेको उनको निवासमा छापा मारेको हो। छापाका क्रममा कागजातहरू संकलन गरी विभागले लिएर गएको बताइएको छ।

काठमाडौंको नक्साल र सुन्धारास्थित स्थानहरूमा पनि विभागले समानान्तर रूपमा छानबिन तथा छापा कारबाही गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनको सम्पत्ति र कारोबारमा केही अस्वाभाविक गतिविधि देखिएपछि प्रक्रिया अघि बढाइएको जनाइएको छ।

छापा क्रममा घरबाट विभिन्न कागजातहरू र प्रमाणहरू संकलन गरिएको तथा सर्जिमिनसहित मुचुल्का तयार गरिएको जनाएको छ।

इन्द्रबहादुर बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत हुन्। उनी विगतमा निर्माण व्यवसायमा संलग्न रहेका र हाल पनि विभिन्न व्यवसायिक कम्पनीहरूमा लगानी रहेको बताइन्छ।