Dhulikhel Eco Banner new

नेप्सेमा नागरिक लगानी कोष र सपोर्ट माइक्रोफाइनान्सका बोनस शेयर सूचीकृत

663
shares

काठमाडौं, २३ वैशाख । नेपाल स्टक एक्सचेञ्जमा नागरिक लगानी कोषको ५ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ।

बुधबार कोषका ३२ लाख ४० हजार ८५६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत गरिएको हो। कोषले आफ्नो पछिल्लो वार्षिक साधारण सभामार्फत उक्त बोनस शेयर शेयरधनीलाई वितरण गरेको थियो।

यसैबीच सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका १ लाख १६ हजार ३२१ कित्ता बोनस शेयर पनि नेप्सेमा सूचीकृत भएका छन्।

सूचीकृत भएसँगै दुवै कम्पनीका बोनस शेयर अब दोस्रो बजारमा कारोबारयोग्य भएका छन्। लगानीकर्ताले आफ्नो डिम्याट खातामा शेयर जम्मा भएपछि खरिद–बिक्री गर्न सक्नेछन्।