Dhulikhel Eco Banner new

एभरेष्ट बैंकमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ शैक्षिक योग्यता ?

624
shares

काठमाडौं, २२ वैशाख । एभरेष्ट बैंक लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले दुई पदमा कुल ११४ जना कर्मचारीका लागि आवेदन खुला गरेको हो।

बैंकले कस्टमर सर्भिस एसोसिएट्स पदमा ९९ जना कर्मचारी माग गरेको छ। उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता १०ं२ उत्तीर्ण हुनुपर्नेछ भने कम्तीमा ६० प्रतिशत अंक वा २.८ जीपीए आवश्यक हुने जनाइएको छ। स्नातक तह उत्तीर्ण गरेका उम्मेदवारले पनि आवेदन दिन सक्नेछन्। उमेर सीमा २०८३ वैशाख मसान्तसम्म २८ वर्ष ननाघेको हुनुपर्नेछ भने महिला उम्मेदवारलाई ५ वर्षको उमेर छुट दिइने बैंकले जनाएको छ। सम्बन्धित प्रदेशका स्थायी बासिन्दालाई प्राथमिकता दिइनेछ।

यसैगरी म्यानेजमेन्ट ट्रेनी पदमा १५ जना कर्मचारी माग गरिएको छ। यसका लागि व्यवसाय प्रशासन, वित्त, कम्प्युटर एप्लिकेसन, मानव संसाधन वा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी प्रथम श्रेणी वा कम्तीमा ३.३० जीपीए हासिल गरेको हुनुपर्नेछ। साथै चार्टर्ड एकाउन्टेन्सी उपाधि प्राप्त उम्मेदवार पनि योग्य मानिनेछन्।

बैंकले इच्छुक उम्मेदवारलाई २०८३ जेठ ५ गतेभित्र अनलाइनमार्फत आवेदन दिन आग्रह गरेको छ।