Dhulikhel Eco Banner new

सुपर लघुवित्तका अध्यक्षसहित १० जना तिर सोझियो अनुसन्धान

13.43K
shares

काठमाडौ, १ असार । २३ करोड भन्दा बढी अनियमिता भएको सुपर लघिुवित्त वित्तीय संस्थामा १० जनाभन्दा बढी व्यक्तितर्फ अनुसन्धान सोझिएको छ । नेपाल प्रहरीले संस्थाका अध्यक्ष किरण चौधरीलाई केन्द्रमा राखेर अनुसन्धान सुरु गरेको हो । प्रहरीले कामु सीईओ (कर्जा प्रमुख) बुद्धिराम चौधरीसहित अन्य २ जना कर्मचारीलाई प्रक्राउ गरिसकेको छ । अध्यक्ष चौधरी सहितका व्यत्तिहरु भने फरार छन् ।

उनीहरुको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिए । अध्यक्षसहित उनका बुबा ज्योति चौधरी, बोर्डका अन्य सदस्य तथा केही कर्मचारीहरु अहिले फरार भएका छन् ।

यस विषयमा नेपाल राष्ट्र बैंकको लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागले पनि अनुसन्धान गरिरहेको जनाइएको छ । यस विषयमा स्थलगत रुपमा पनि टोलि पुगेर प्रतिवेदन समेत तयार पारिएको जनाइएको छ ।

राष्ट्र बैंकको अनुसन्धान अझै पनि पुरा नभएको स्थलगत निरीक्षणमा गएका राष्ट्र बैंकका कर्मचारी चन्द्रमणी निरौलाले बताए । ‘राष्ट्र बैंकले गरेको अनुसन्धानबाट अनियमितता भएको देखिन्छ, तर अझै पनि अध्ययन पुरा भएको छैन्,’ उनले भने ।

राष्ट्र बैंकले हेरेको केही शाखाबाट अनियमितता भएको देखिएको उनले बताए । तर सबै शाखामा पुगेर गर्ने भन्दा पनि स्याम्पलको रुपमा केही शाखाको कर्जा प्रवाह र निक्षेपको अवस्थाको अध्ययन गरिएको उनले बताए ।

अहिले नै को–को संलग्न रहेका छन् भन्ने विषयमा निष्कर्षमा पुगि नसकेको जनाइएको छ । तर प्रशासनमा समेत उजुरी परेकाले प्रहरीले उनीहरुलाई प्रक्राउ गरेको हुन सक्ने निरौलाले बताए । ‘प्रक्राउको विषय प्रशासनको हो, हामीले संस्थाको पुँजीगत अवस्थाको बारेमा मात्रै हेर्ने हो,’ उनले भने ।

प्रहरीले विभिन्न व्यक्तिहरुको तीन पुस्ते माग गरेर समेत लघुवित्तमा पत्र पठाइसकेको छ । संस्थामा ४० करोड अनियमितता भएको उजुरी परेपछि यस विषयमा अनुसन्धान सुरु भएको थियो । यसमा कम्तिमा २३ करोड ४० लाख ४५ हजार रुपैयाँ अनियमिता भएको देखिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्यूरो (सीआईबी) ले समेत अनुसन्धान सुरु गरे पछि संस्थाका कामु सीईओ बुद्धिराम चौधरीसहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनालाई दाङ प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको दाङका प्रहरी प्रमुख काफ्लेले जानकारी दिए ।

प्रहरीले संस्थाका अध्यक्ष चौधरी काठमाडौंकमा लुकिछिपी बसेको हुनसक्ने अनुमान गरेको छ । यस संस्थामा प्रभु बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, आरएसडीसी लघुवित्त लगायतले ऋण लगानी गरेका छन् । यो संस्थालाई प्रभु बैंकले मात्रै २५ करोड रुपैयाँ भन्दा बढी ऋण दिएको छ ।

Follow Up

सुपर लघुवित्तका अध्यक्षसहित १० जना तिर सोझियो अनुसन्धान

सुपर लघुवित्तका अध्यक्षसहित १० जना तिर सोझियो अनुसन्धान

सुपर ‘ठगी प्रकरण’ : अध्यक्ष फरार, सोझा कर्मचारी प्रहरी फन्दामा

सुपर ‘ठगी प्रकरण’ : अध्यक्ष फरार, सोझा कर्मचारी प्रहरी फन्दामा