Dhulikhel Eco Banner new

झीर सेकुवा को नयाँ शाखा कालोपुलमा

9.54K
shares

काठमाडौं, १ असार । सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कंदै आएको सङ्खमुलमा अवस्थित झिर रेष्टुरेण्टले व्यवसाय विस्तारको क्रममा आफ्नो पहिलो फ्राञ्चाइज जेठ २० गते शुक्रबारबाट काठमाडौंको कालोपुलमा सञ्चालनमा ल्याएको छ ।

नदि किनारको प्राकृतिसंग रम्दै सेकुवाको आनन्द लिन एक पल्ट जानै पर्ने गन्तव्य हो —झिर ।
वेलायतबाट स्नातकोत्तर अध्ययन सकेर विश्व चर्चित चेन रेष्टुरेण्ट न्यान्डोजमा ५ बर्ष, साथै नेपालको प्रख्यात चेन रेष्टुरेण्ट बाजेको सेकुवामा ५ बर्षको अनुभव बटुलेका सञ्जिव तिमील्सीनाले ८ महिना पहिले सङ्खमुलमा झिर रेष्टुरेण्ट खोलेका थिए ।

संचालनमा आएको यति छोटो समयमै झिरले ग्राहकहरुको मन जित्न सफल भएको छ र उत्कृष्ट व्यापार पनि गरीरहेको छ ।

त्यसैको फलस्वरुप झिरको फ्राञ्चाइज लिन लगानीकर्ताको उत्सुकता तिमील्सीनाले महसुस गरे । नभन्दै गत चैत्रमा सुरेन्द साउदले तोकिएको फ्राञ्चाइज शुल्क दिई र फ्राञ्चाइजका अन्य शर्तहरु सहित पहिलो फ्राञ्चाइज सम्झौता भयो ।

एउटा रेष्टुरेण्ट संचालनको लागी ४० देखी ४५ लाख रुपैयांसम्म प्रारम्भिक लगानी आवस्यक पर्छ भने अहिलेको व्यापारलाई आधार मान्दा दुई बर्ष भन्दा कम समयमा नै लगानी उठ्ने तिमील्सीनाको दावी छ । नयां खुल्ने झिर रेष्टुरेण्टमा कम्तीमा १२ जनाले प्रत्यक्ष रोजगारीको अवसर पाउनेछन् ।
झिरमा ग्राहकहरुले विशेष गरी मटन, चिकेन, तथा पोर्कका पोलेको मासुका परीकारहरुको मज्जा लिन सक्नेछन् , यस्ता परिकारहरु प्रति प्लेटका साथसाथै प्रति हाफ केजि, प्रति केजिमा पनि उपलब्ध हुनेछ ।

साथै रेष्टुरेण्टमा पेय पदार्थहरु पनि एम.आर.पि ःच्ए मुल्यमा विक्रि गरीनेछ, सम्भवतः रेष्टुरेण्ट क्षेत्रमा पेय पदार्थहरु एम.आर.पि मुल्यमै पाइने झिर नै पहिलो रेष्टुरेण्ट हो । खानाको प्रस्तुतीमा समेत ग्रहकहरुले विल्कुलै फरक पन पाउनेछन् ।

थोरै लगानी, स्तरीय पद्धती, स्वदेश तथा विदेशको अनुभवका साथ स्थापना भएको झिरलाई फ्रञ्चाइज मोडेलमा काठमाडौं लगायत देशभरकै प्रमुख शहरहरुमा विस्तारको योजना रहेको सञ्चालक तिमील्सीनाले वताए ।

चांडैनै काठमाडौंमा तीन वटा र भरतपूरमा एउटा झिर संचालनमा आउने समेत तिमील्सीनाले जानकारी दिए । उध्यमी बन्न चाहने व्यक्तिका लागी झिर उपयुक्त माध्यम हुने तिमील्सीनाको विश्वास छ ।