अत्याधिक गर्मीसँगै मधेशमा खानेपानीको हाहाकार, सुक्यो चापाकल
वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:३८
5.93K
shares
shares

काठमाडौं २१ वैशाख । अत्याधिक गर्मीसँगै मधेशको विभिन्न जिल्लाको पानीको स्रोतहरु सुक्न थालेका छन् । चापाकलदेखि लिएर स्रोतहरु समेत सुक्न थालेपछि मधेशमा पानीको हाहाकार भएको हो ।
धनुषा जिल्लाको कमला नदी बाहेक जलाद, जमुनी, औरही, रातो, भालु लगायतका नदी एक डेढ महिना अगाडिदेखि पानी सुकेको छ । यसैगरी सार्वजनिक पोखरी पनि सुकेको छ । विभिन्न नदि नाला, पोखरी, बोरिँग, कल, चापाकल, धारा सुकेपछि पानीको हाहाकार मच्चेको हो ।
उत्तरी धनुषासहित धनुषा जिल्लाको विभिन्न भागमा पानीको स्रोत सुकेको हो । चापाकलमा पानी आउन छाडेको छ ।



















