कटारी नगरपालिकाको मेयरमा कांग्रेसका श्रेष्ठ निर्वाचित
वि.सं.२०७९ जेठ ११ बुधवार १३:०१
shares

काठमाडौं, ११ जेठ । कटारी नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४ सय ६५ मतान्तरले पराजित गरेका हुन् । कटारीमा २५ हजार ७ सय ५४ मत खसेकोमा श्रेष्ठले ६ हजार ४ सय १७ मत ल्याए भने बरालले ५ हजार ९ सय ५२ मात्र मत ल्याउन सफल भए ।
उपमेयरमा भने एमालेकी गीत खड्का निर्वाचित भएकी छन् । खड्काले गठबन्धनबाट उठेका माओवादी केन्द्रका विनोद कटुवाललाई २ हजार ५ सय ९२ मत अन्तरले हराइन् ।
खड्काले ६ हजार ४ सय १३ मत प्राप्त गरिन् भने कटुवालले ३ हजार ८ सय २१ मात्र मत प्राप्त गरे ।

















