Dhulikhel Eco Banner new

बनेपामा खुल्यो सी जी डिजिटलको २५ औं शोरुम

4.41K
shares

काठमाडौं, २९ असोज । चौधरी ग्रुप अन्तर्गतको नयाँ तथा भब्य मल्टि ब्रान्ड शोरुम सि.जी. डिजिटलको २५औ शाखा बनेपामा खोलिएको छ । बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य र सि.जी. इलेक्ट्रोनिक्सका उपाध्यक्ष एस.सि.साबुको उपस्थितिमा असोज २९ गते शोरुमको भब्य उद्घाटन भएको छ ।

सि.जी. डिजिटल शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु एल.जी., सि.जी., टिसिएल, गोद्रेज, सेन्साई, माईडिया, बेको, ब्ल्याक+डेकर, केन्ट, एलिका  लगायतका विभिन्न घरायसी विधुतीय सामाग्रीहरु जस्तै  एल.इ.डि.टि.भी., वासिङ मेसिन, फ्रिज, माईक्रोवेभ ओभन, भ्याकुम क्लिनर, डिसवासर, एर प्युरिफायर, म्युजिक सिस्टम लगायत अन्य थुप्रै स्मार्ट डोमेस्टिक अप्लाएंसेस तथा स्मार्ट होम अप्लाएंसेसहरु रहने छन् ।

बनेपाकोे स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन, बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकसेवा, विधुतीय सामाग्रीहरुका उपयोग विधि तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्य सहित यो शोारुम संचालन गरिएको छ । दक्ष्य तथा अनुभवी बिक्री प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पुर्ण जानकारी पनि लिन सकिने छ । यो शोारुम हप्ताको सातै दिन बिहान १०ः०० देखि बेलुका ७ः३० बजेसम्म खुल्ला रहने छ । ग्राहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा निम्न फोन नम्बर ०११–६६५६७९, ६६५६८८ हरुमा सम्पर्क गर्न सक्नेछन् ।

बनेपाकोे बुडोलमा खोलिएको यस सि.जी. डिजिटल शोरुममा ओपनिङ्गको अवसरमा ४०% सम्म छुट, ०% किस्ता बन्दि , फ्री गिफ्टहरु का साथै एक्सचेन्ज अफर को पनि सुविधा रहेको छ । साथै प्रोडक्ट लाइभ डेमो, कुकिङ क्लास, प्रिभेन्टिभ मेन्टेनेन्स सभिर्स को पनि व्यवस्था गरिएको छ ।
चौधरी गु्रपले काठमाडौँ लगायत काठमाडौँ बाहिर इटहरी, हेटौडा, भरतपुर, विराटनगर र पोखरामा पनि सि.जी. डिजिटल शोरुम संचालन गरिसकेको छ । यो संगै बनेपामा खोलिएको यस सि.जी. डिजिटल शोरुम अब २५ औ शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा बिस्तार गरिने पनि जानकारी गराएको छ ।