Dhulikhel Eco Banner new

१० अंकको गिरावटसँगै बन्द भयो यो साताको शेयर बजार

4.29K
shares

काठमाडौं १६ कात्तिक । साताको शेयर कारोबारको अन्तिम दिन आज शेयर बजार पुन ओरालो लागेको छ । आज शेयर बजार १० दशमलव ८६ अंकको गिरावट आएर शेयर बजार १८४७ दशमलव ७० विन्दुमा पुगेको छ ।

आज २८१ कम्पनीका ३७ लाख ४९ हजार ९५४ कित्ता शेयर खरिद बिक्री हुँदा ९६ करोड ४४ लाख ७७ हजार ७११ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापन सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ । आज २ दशमलव १९ अंकको गिरावट आएको सेन्सेटिभ इन्डेक्स ३५७ दशमलव ७६ विन्दुमा पुगेको छ ।