सात सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८० कात्तिक १६ बिहीवार १३:०७
5.62K
shares
shares

काठमाडौं, १६ कात्तिक । पछिल्लो तिनदिन यता लगातार रुपमा ओरालो लागेको सुनको मूल्य आज फेरि बढेको छ । आज बिहीबार सुन प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँ कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढ्दा प्रतितोला १ हजार ४०५ रुपैयाँ पुगेको छ ।















