GBIME

६ प्रतिशतले बढ्यो एनएमबि बैंकको नाफा, चुक्ता पूँजी १८ अर्ब ३६ करोड

582
shares

काठमाडौं, १७ कात्तिक । एनएमबि बैंकले चालस आवको पहिलो त्रैमाससम्ममा ९६ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण यस्तो देखाएको छ ।

बैंकले कमाएको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५३ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्ममा बैंकले ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ४५ लाख रुपैयाँ रहेको छ भने बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ ।