GBIME

सबैको लघुवित्त वित्तीयले दियो ब्यवसायिक बंगुरपालन तालिम

1.9K
shares

काठमाडौं, १२ जेठ । तनहुँ जिल्ला बन्दीपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ब्यवसायिक बंगुुरपालन तालिम सम्पन्न गरेको छ ।

संस्थाका २५ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७९ बैशाख २४ गतेदेखि २६ गतेसम्म कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका, बेलौरीमा “ब्यवसायिक बंगुरपालन तालिम” सम्पन्न गरेको संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले जानकारी गराएका थिए ।

यस तालिममा प्रशिक्षक श्री राम बहादुर चौधरी, रेनुका चौधरी, पवन कुमार श्रेष्ठ, बुद्धिराम चौधरी, जनक राम थारु रहेका थिए ।

तालिमको सुभारम्भ सत्रमा स्वागत मन्तब्य बेलौरी शाखाका शाखा प्रमुख जनक राम थारुले गरेका थिए । तालिमको उद्देश्य तथा संस्थाको संक्षिप्त जानकारी संस्था नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले प्रकाश पारेका थिए ।

संस्थाले आफनो ग्राहक सदस्यहरुलाई उद्यमी बनाउनका लागि विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आई रहेको जानकारी गराएका थिए । नायब महाप्रवन्धकले ब्यवसायिक रुपमा बंगुरपालनबाट मनग्य फाईदा लिन सकिने बारेमा जानकारी गराएका थिए ।

ब्यवसायिक रुपमा बंगुरपालन गर्नमा यस तालिम फलदायि हुने अपेक्षा राखेका थिए । कर्जाको सदुपयोगिता गरेमा मात्र फाईदा हुने भएकोले कर्जा सदुपयोगिता गर्न सुझाएका थिए साथै तालिममा लिएका सीपलाई ब्यवहारमा लागू गर्न जानकारी गराएका थिए ।

तालिमको दोश्रो दिन तालिममा सहभागीहरुलाई कञ्चनपुर जिल्ला, शुक्लाफाँटा नगरपालिका झलारीका बंगुरपालन कृषक श्री कलावती देवी भट्ट÷श्री गगन राज भट्टको रिभरसाइड पिग एण्ड एग्रो फार्म प्रा.लि.को बंगुर फार्ममा २५० वटा बंगुरहरु र खोर तथा कञ्चनपुर जिल्ला, शुक्लाफाँटा नगरपालिका जोनापुरका बंगुरपालन कृषक श्री दिपक चौधरीको बंगुरपालन फार्ममा २५ वटा बंगुर र खोर हेर्न अवलोकन भ्रमणको ब्यवस्था मिलाईएको थियो ।

संस्थाले ग्राहक सदस्यहरुलाई वित्तीय सेवाहरुका साथसाथै ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि गराउन तथा ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गर्न सघाउ पु¥याउन विभिन्न किसिमका सीप विकास तालिम सञ्चालन गर्दै आई रहेको छ । संस्थाले यस आर्थिक वर्षमा संस्थाका आफ्ना ग्राहक सदस्यहरुलाई विभिन्न किसिमका सीप विकास तालिमहरु सञ्चालन गर्दैं जाने लक्ष्य रहेको बारेमा संस्थाका नायब महाप्रवन्धकले जानकारी गराएका थिए । तालिमको सञ्चालन संस्थाका बेलौरी शाखाका प्रमुख श्री जनक राम थारुले गरेका थिए