६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८० मंसिर १० आइतवार ११:४१
5.1K
shares
shares

काठमाडौं, १० मंसिर । साताको सुन कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । ६ सयले बढेको सुन प्रतितोला १ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन १ लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । ३५ रुपैयाँले बढेको चाँदी प्रतितोला १ हजार ४८५ रुपैयाँ कायम भएको छ ।



















