GBIME

एक दिन पनि टिक्न सकेन शेयर बजारको हरियाली, कारोबार रकममा पनि गिरावट

894
shares

काठमाडौं, ११ मंसिर । साताको शेयर कारोबारको दोस्रो दिन अर्थात् सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आज ११ दशमलव २७ अंकले घटेर शेयर बजार १८९५ दशमलव २७ विन्दुमा पुगेको छ । हिजो शेयर बजार परिसुचक लामो समयदेखि १८ सय विन्दुबाट बढेर १९ सयमा पुगेको थियो भने आज फेरि ओरालो लागेर १८ सय मै झरेको छ ।

सोमबार २९० कम्पनीका ६० लाख १७ हजार ६९७ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७७५ रुपैयाँ बराबरको कारोबार भएको छ । लामो समयपछि हिजो २ अर्ब पुगेको कारोबार आज पुन घटेको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापन सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ । आज २ दशमलव १२ अंकले घटेर सेन्सेटिभ इन्डेक्स ३६४ दशमलव ६९ विन्दुमा पुगेको छ ।