Dhulikhel Eco Banner new

महालक्ष्मीको डबल सावधिक बीमा योजना, बीमा गर्नेलाई सुविधै सुविधा

7.84K
shares

काठमाडौं, १३ जेठ । महालक्ष्मी लाइफ इन्सोरेन्स कम्पनीले डबल सावधिक बीमा योजना ल्याएको छ । ‘सपना त्यो देखौँ जुन साकार हुन्छ, बीमा त्यो गरौँ जुन डबल हुन्छ’ भन्ने नाराका साथ कम्पन्नीले डबल सावधिक बीमा योजना ल्याएको हो ।

कम्पन्नीका अनुसार यो योजनामा सहभागि हुनका लागि १८ वर्ष देखि ५५ वर्ष उमेर समूहका व्यक्तिहरु सहभागि हुन पाउने छन् । त्यस्तै यो योजनामा न्यूनतम ५० हजार देखि अधिकत्तम ५ करोडसम्मको बीमा गर्न सकिने कम्पन्नीले जनाएको छ । बीमा अवधि १० वर्षदेखि ३० वर्षसम्मको हुन सक्नेछ भने बीमा समाप्तीमा व्यक्तिको अधिकत्तम उमेर ६५ वर्ष हुने कम्पन्नीले जनाएको छ ।

बीमा शूल्क भुक्तानी अवधिक बीमा अवधिको आधा अर्थात ५० प्रतिशत हुने जनाइएको छ । यो योजनामा वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा शुल्क भुक्तानि गर्न सकिने छ । वार्षिक, अर्धवार्षिक र त्रैमासिक शुल्क भुक्तानीको हकमा ३० दिन र मासिक शुल्क भुक्तानीमा १५ दिनको मोहलत भुक्तानी हुने बताइएको छ । यो योजनाको ऐच्छिक सुविधामा दुर्घटना मृत्यु लाभ लिन सकिने बताइएको छ ।

यो योजनामा बीमालेख जारी रही बीमालेख अवधिसम्म बिमित जिवितै रहेमा बिमाङ्कको दोब्बर रकम स्वयमलाई भुक्तानी गरिने इन्सोरेन्स कम्पन्नीले जनाएको छ । मृत्यु दाबीः बीमालेख चालु रही बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमालेख प्रारम्भ भएको ५ वर्षसम्म बीमाङ्क रकम वा भुक्तानी भएको आधारभुत बीमाशुल्क (स्वास्थ्य र पेशागत वापतको थप बीमाशुल्क तथा पूरक करार वापतको बीमाशुल्क बाहेकको रकम) को ११० प्रतिशत मध्येको अधिकतम रकम। २. बीमालेख प्रारम्भ भएको वर्ष देखि १० वर्षसम्म बीमाङ्कको १५० प्रतिशत हुने रकम वा भुक्तानी भागको आधारभुत बीमाशुल्कको ११० मध्येको अधिकतम रकम भुक्तानि गरिने छ ।

त्यस्तै बीमालेख प्रारम्भ भएको ११ वर्ष देखि माथि बीमाको २०० प्रतिशत हुने रकम चुक्ता मुल्य तथा समर्पण मुल्यः यस योजना अन्तर्गत बीमालेखको कम्तिमा २ वर्षको पूरा बीमाशुल्क प्राप्त भएमा बीमालेख अन्तर्गत चुक्ता मूल्य प्राप्त हुनेछ । चुक्ता मूल्य प्राप्त गरेको बीमालेख कनै पनि बेला समर्पण गर्न सकिनेछ वा समर्पण मूल्यको अधिकतम ९० प्रतिशतसम्म बीमालेख कर्जा लिन सकिनेछ ।