GBIME

तीन महिनामा सरकारको खर्च २ खर्ब ८० अर्ब

732
shares

काठमाडौं, २२ मंसिर । नेपाल सरकारको खर्च ०.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षाले यस्तो देखाएको हो ।

राष्ट्र बैंकको उक्त तथ्यांक अनुसार समीक्षा अवधिमा सरकारी खर्च गत वर्षको सोही अवधिको तुलनामा ०.९ प्रतिशत र राजस्व परिचालन ५.० प्रतिशतले बढेको छ ।

अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार आर्थिक वर्ष २०८०÷८१ को तीन महिनासम्ममा नेपाल सरकारको चालु खर्च २ खर्ब १३ अर्ब ३९ करोड, पुँजीगत खर्च १७ अर्ब ८३ करोड र वित्तीय व्यवस्था खर्च ४९ अर्ब ३४ करोड गरी नेपाल सरकारको कुल खर्च २ खर्ब ८० अर्ब ५७ करोड अर्थात्कुल विनियोजनको १६.० प्रतिशत रहेको छ । यस अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) २१९ अर्ब ११ करोड अर्थात् बजेट लक्ष्यको १५.४ प्रतिशत हुन गएको छ ।