GBIME

लघुवित्तका सीईओलाई नियमन प्रमुखले भने– सुशासनलाई ध्यान दिनुस्

1.85K
shares

काठमाडौं, ६ पुस । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले संस्थागत सुशासनका ध्यान दिन लघुवित्तका प्रमुख कार्यकारी अधिकृतहरुलाई अनुरोध गरेका छन् । शुक्रबार नेपाल लघुवित्त बैंकर्स संघको १७औँ वार्षिक साधारणसभाको उद्घाटन शत्रमा बोल्दै कार्यकारी निर्देशक संस्थागत सुशासनमा ध्यान दिनुपर्ने बताएका हुन् ।

संघको साधारणसभाले नयाँ नेतृत्व समेत चुन्दैछ । संघलाई सक्षम नेतृत्व चुन्नका लागि कार्यकारी निर्देशक पौडेलले शुभकामना समेत दिए ।