GBIME

बैंक तथा संस्थाबाट ऋण लिएपछि तिर्नुपर्छ, मिनाहा हुँदैन : रेवती नेपाल

5.56K
shares

काठमाडौं, ६ पुस । नेपाल राष्ट्र बैंक, लघुवित्त सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक रेवती नेपालले बैंक तथा वित्तीय संस्थाको ऋण लिएपछि तिर्नै पर्ने बताएका छन् । ऋण मिनाहा हुन्छ भनेर विभिन्न भ्रमहरु फैलिएको भन्दै ऋण लिएपछि तिर्नु पर्ने कुरा सबैले बुझ्नुपर्ने बताए ।

लघुवित्त बैंकर्स संघको वार्षिक साधारणसभाको उद्घाटन शत्रमा बोल्दै उनले ऋण खाएपछि तिर्नुपर्छ भन्ने कुरा सकारी तहबाट पनि प्रवाह हुनुपर्ने बताए । केन्द्रीय बैंकले आफ्नो तर्फबाट यस्तो सन्देश गइरहेको भन्दै अब सरकारी तहबाट पनि यस्तो सन्देश जानुपर्ने बताए । साथै उनले बैंक तथा वित्तीय संस्थालाई शान्तिसुरक्षाको ज्ञारेन्टी समेत गर्नुपर्ने बताए ।

उनले लघुवित्तहरुलाई समयमा साधारणसभा गर्ने तथा नियामक निकायको निर्देशनहरु इमान्दारीपूर्वक पालना गर्न समेत अनुरोध गरेका छन् । उनले लघुवित्तविरुद्धका आन्दोलनहरुले गर्दा लघुवित्तका राम्रा कामहरु ओझोलमा परेको समेत बताए ।