GBIME

लघुवित्तले राम्रा काम पनि गरेका छन्, अब कमजोरी सुधारौँ : डा. श्रेष्ठ

1.58K
shares

काठमाडौं, ६ पुस । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले सुशासनको विषयमा लघुवित्तले ध्यान दिने हो भने धेरै समस्याहरु समाधान हुने बताएका छन् । लघुवित्त बैंकर्स संघको १७औँ वार्षिक साधारणसभाको उद्घाटन शत्रमा बोल्दै कार्यकारी निर्देशक श्रेष्ठले यस्तो बताएका हुन् ।

लघुवित्तले गरेका राम्रा कामका प्रचार गर्नुपर्ने र भएका कमीकमजोरीहरु सुधार गर्नुपर्ने उनको सुझाव छ । केन्द्रीय बैंकको अनुसनधान विभागका कार्यकारी निर्देशक रहेका डा. श्रेष्ठको संयोजकत्वमा लघुवित्त सम्बन्धी एक अध्ययन समेत भएको छ । उक्त अध्ययनले देखाएका कमीकमजोरीहरु हेरेर सुधार गर्न समेत डा. श्रेष्ठले लघुवित्तका प्रमुख कार्यकारी अधिकृतहरुलाई अनुरोध गरेका छन् ।