GBIME

सय पालिकामा अझै पुगेनन् लघुवित्त, डेपुटी गभर्नर भन्छन्– बनेपामा थुप्रिनु भएन

1.27K
shares

काठमाडौं, ६ पुस । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले लघुवित्त वित्तीय संस्थाहरुलाई शाखा नपुगेका ठाउँमा शाखा खोल्न अनुरोध गरेका छन् । शुक्रबार नेपाल लघुवित्त बैंकर्स संघको १७औँ साधारणसभाको उद्घाटन शत्रमा बोल्दै डेपुटी गभर्नर मिश्रले लघुवित्तका शाखाहरु धेरै भए पनि थुप्रै ठाउँमा सेवा पुग्न बाँकी रहेकाले त्यतातर्फ सोच्न अनुरोध गरेका हुन् ।

लघुवित्त वित्तीय संस्थाहरु देशभर फैलिएका छन् । ७७ जिल्लामा नै लघुवित्तहरु पुगेपनि सय हाराहारीमा लघुवित्तका शाखा पुगेका छैनन् । क वर्गका वाणिज्य बैंकका शाखा पुगेका ठाउँमा समेत लघुवित्तका शाखा पुगेका छैनन् । डेपुटी गभर्नर मिश्रले धेरै शाखाहरु सहरीकरण भएको बताए । उनले वनेपामा धेरै लघुवित्त केन्द्रीत भएको भन्दै शाखा नपुगेका ठाउँमा शाखा खोल्न अनुरोध गरेका हुन् ।