GBIME

लघुवित्त बैंकर्स संघकाे एजिएम सुरु, काे बन्ला नयाँ अध्यक्ष ?

1.02K
shares

काठमाडौं, ६ पुस । लघुवित्तका प्रमुख कार्यकारी अधिकृतहरुकाे संगठन नेपाल लघुवित्त बैंकर्स संघको साधारणसभा काठमाडौंमा शुरु भएको छ । काठमाडौं नयाँ बानेश्वरस्थित हाेटल एभरेष्टमा शुरु भएको साधारणसभाले नयाँ नेतृत्व समेत चुन्दैछ ।

साधारणसभाकाे उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गरेका छन् । साधारणसभामा राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रसहित, कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ, रेवती नेपाल, गुरु पौडेल लगायत उपस्थित छन् ।

शुक्रबार नै संघको नयाँ नेतृत्व समेत चुनिदैछ । नयाँ नेतृत्वका लागि वसन्त लम्साल र रामबहमदुर यादव आकांक्षी छन् । विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रहेका लम्साल संघका पूर्व अध्यक्ष हुन् भने नेसनल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रहेका यादव अहिलेका कामु अध्यक्ष हुन् ।