Dhulikhel Eco Banner new

बीमा कम्पनीले लगानीको १५ प्रतिशत शेयरमा लगानी गर्न पाउने

6.85K
shares

काठमाडौँ, २३ पुस । बीमा कम्पनीले कुल लगानीको १५ प्रतिशतसम्म शेयरमा लगानी गर्न पाउने भएको छ । नेपाल बीमा प्राधिकरणको नयाँ व्यवस्थाबमोजिम ५ प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाइएको हो ।

यसैगरी त्यस्ता कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति पाएका प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने भएका हुन् । पुनर्बीमा कम्पनीले कुल लगानीको १.५ प्रतिशत त्यस्ता कोषमा लगानी गर्न पाउनेमा एउटै कोषमा भने बढीमा एक प्रतिशतसम्म लगानी गर्न सक्नेछन् ।

यसैगरि यस अघि “साधारण शेयर” मा मात्र लगानी गर्न पाउने व्यवस्थालाई परिवर्तन गर्दै “शेयर” मा लगानी गर्न सकिने गरि शब्दावलीमा परिवर्तन गरिएको छ ।