Dhulikhel Eco Banner new

आन्तरिक उत्पादनलाई जोड दिनुपर्छ : उपाध्यक्ष श्रेष्ठ

4.59K
shares

काठमाडौं, ८ माघ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले आन्तरीक उत्पादन बढाउन नै जोड दिनुपर्ने बताएका छन् । उपाध्यक्ष श्रेष्ठले उद्योग व्यपार महासंघले आयोजना गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा यस्तो बताएका हुन् ।

‘हामीले आन्तरिक उत्पादनलाई नै जोड दिनुपर्छ’, श्रेष्ठले भने, ‘त्यसका लागि भन्सारको पनि ठूलो भुमिका हुन्छ ।’ भन्सार भनेको कर उठाउने सयन्त्र मात्र नभएर मुलुकमा आवश्यक पर्ने बस्तुको आयत र मुलुकमा उत्पादन भएको बस्तु निर्यात व्यवस्थापन गर्ने संस्था भएकाे उनले बताए ।

मुलुकमा बस्ता बस्तु आयत गर्ने र बढी भन्सार लगाउनदा धनी वर्गाबाट बढी कर उठाउन सकिन्छ र करिबलाई कसरी कम गर्ने सकिन्छ भन्ने लगायातको कुरा भन्साले गर्ने गरेको उपाध्यक्ष श्रेष्ठको भनाई थियो । भन्सारमा पनि समस्या भएको उनको भनाई थियो ।

‘उद्योगी व्यवसायी साथिहरुले पनि एक जनाले उद्योगमा ध्यान दिउ भन्ने र अर्कोले आयातमा ध्यान दिनुपर्ने भन्ने कुरा आउँछ’, श्रेष्ठले भने, ‘राज्यले के गर्ने भनेर उद्योगी व्यवसायीले कस्तो कुरा प्रताव गर्ने भनेर सोच्नु पर्यो ।’

अहिले बजारमा प्रतिस्पर्धा सकिन्दै गएको छ । जस्ले सक्यो उस्ले आफ्नो फाईदका सकरी लिने भन्ने मात्र देखिएको श्रेष्ठको भनाई छ । त्यस्ता कुरामा निजी क्षेत्र आफैले विचार गर्नुपर्ने उनको भनाई थियो ।