नेपाल पेमेन्ट सोल्युशनले आईपीओ निष्काशन गर्ने
वि.सं.२०८० माघ १२ शुक्रवार ११:१३
shares

काठमाडौं, १२ माघ । नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले ति शेयर १०० रूपैयाँ अंकित दरको ३ लाख ५६ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीले आईपीओ निष्काशन गर्नको लागि लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल) लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
आईपीओ निष्काशन गर्ने सम्झौता—पत्रमा नेपाल पेमेन्ट सोल्युशन लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोक राज शर्मा तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
नेपाल पेमेन्ट सोल्युशन लिमिटेड नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग द्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो।














