Dhulikhel Eco Banner new

एलपी ग्यासको मुल्य १५ रुपैयाँले बढ्यो

4.6K
shares

काठमाडौं, १८ माघ । डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ महंगिएको हो ।

यसरी, नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १५८ रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य एक हजार ९१० रूपैयाँ कायम भएको छ।