Dhulikhel Eco Banner new

हिमालयन रि इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

3.72K
shares

काठमाडौं, २८ माघ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले ८० प्रतिशत शकप्रद शेयर निष्काशन गर्ने भएको छ । चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले उक्त प्रस्ताव साधारणसभामा पेस गर्ने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण समेत गर्ने भएको छ ।

कम्पनीले फागुन २० गते, आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा तेस्रो वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ । सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञालक समितिलाई अख्तियारी दिने, संस्थापकसमूहको तर्फबाट रिक्त रहेको पदका लागि एक जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु समेत पारित गर्ने भएको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते एक दिनका लागि बुकक्लोज रहने कम्पनीले जनाएको छ ।