बौद्धिक सत्य सनातन धर्म सम्बन्धि प्रवचन सम्पन्न
वि.सं.२०८० फागुन ८ मंगलवार १८:२४
6.08K
shares
shares
उदयपुर, ५ फागुन । उदयपुरको बेलाका नगरपालिका २ पिलचोकमा बौद्धिक सत्य सनातन धर्म सम्बन्धि प्रबचन सम्पन्न भएको छ । बेलकाको गुरुकुल शिक्षा समितिको आयोजनामा प्रवचन ४ दिन सम्म भएको थियो ।
प्रवचनमा १ लाख ५० हजार रुपैयाँ सहयोग उठेको प्रवचन व्यवस्थापक नन्दि चौधरीले बताए । प्रवचन भारतको प्रख्यात प्रवचक आचार्य योगेश भारद्धवाजबाट भएको चौधरीले जानकारी दिए ।
चौधरीका अनुसार धर्म परिवर्तन हुँदै गएको कारण त्यसलाई रोक्नको लागि यो प्रवचन कार्यक्रम राखिएको थियो ।
प्रवचनको प्रमुख अतिति बेलकाका मेयर अशोक कार्की थिए ।