GBIME

नेशनल लघुवित्तको साधारणसभा चैत १६ गते, लाभांश र एफपीओ प्रस्ताव

1.04K
shares

काठमाडौं, २० फागुन । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसमा चैत १६ गते गर्ने भएको छ । दशौँ वार्षिक सभामा लाभांश वितरण र एफपीओ निस्काशनको प्रस्ताव रहेको छ ।

सभा धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा साढे १० बजे सभा शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले गत आर्थिक वर्षको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद लाभांश वितरण गर्ने र ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।